विजय लिटिल च्याम्प्समा डान्सर रुविना अधिकारी र लोकगायिका कला लम्सालकोे बेजोड प्रस्तुती रहने

गैँडाकोट । बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गैँडाकोटमा हुन लागेको विजय लिटिल च्याम्प्स् नृत्य प्रतियोगिता २०८१ मा डान्सर रुविना अधिकारी र लोकगायिका कला लम्सालकोे बेजोड प्रस्तुती रहने छ ।
यही माघ २० गते आइतबार बिहान १० बजेबाट सुरु हुने प्रतियोगिताका लागि मोडल तथा डान्सर रुविना अधिकारी र लोकगायिका कला लम्साल गैँडाकोट आउनुहुने भएको छ ।
‘सोचे झै जिन्दगी रहेनछ’ लगायतका सयौँ गीतमा नृत्य समेत प्रस्तुत गर्नुभएकी डान्सर अधिकारीले नृत्य प्रस्तुत गर्नुहुनेछ । यस्तै नाकै हेर्दा थाह हुनी......, धानको चामल ....., जाम भो हिडँ रेलमा सररर.... लगायतका सयौँ चर्चित गितमा स्वर भरेकी चर्चित लोकगायिका कला लम्सालको पनि प्रस्तुती रहने छ ।
विजय लिटल च्याम्प्स् विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाले आयोजना गरेका हो ।
विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यहि माघ २० गते अमरापुरी पार्टी व्यालेस अमरापुरीमा हुने कार्यक्रम २० गते आइतबार विहान १० बजेबाट सुरु हुनेछ । यस प्रतियोगितामा गैँडाकोट नगरपालिका भित्र रहेका आधारभूत तह (कक्षा १–५) का विद्यार्थीले सहभागिता जनाउनेछन् । हरेक विद्यालयबाट १ जना छात्र र १ जना छात्रा गरि २ जनाले युगल नृत्य गर्नेछन् ।
यस प्रतियोगितामा नेपाली तथा नेपालभित्रकै स्थानीय भाषाको गीतमा नृत्य गर्नुपर्ने मापदण्ड बनाइएको छ । नृत्यको समय ४ मिनेट भित्रको हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार रुपैँया, द्वितीय पुरस्कार १५ हजार रुपैँया, तृतीय पुरस्कार १० हजार रुपँैया र सान्त्वना पुरस्कार ३ हजार रुपैँया रहेको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।