बाग्लुङ गल्कोट समाजको नवनिर्वाचित पदाधिकारीले गरे शपथ ग्रहण 

२०८१ पौष २८ आइतबार १८:५३:०० मा प्रकाशित

गैँडाकोट । बाग्लुङ गल्कोट समाजको दशौँ साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष लगायत  पदाधिकारीहरू र कार्यसमितिका सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।  निर्वाचन समितिका संयोजक छायादत्त ढकाल एवं निर्वाचन समितिका सदस्यहरू कुलराज सुवेदी रबेलबहादुरबाट पदाधिकारीहरू र कार्यसमितिका सदस्यहरूल शपथ ग्रहण गरेका थिए ।

 उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामसिंह थापाले सबै एक भएर समाजले काम गर्नुपर्ने बताउनुभयो र सफल कार्यकालको शुभकामना दिनुभयो । 

निवर्तमान अध्यक्ष तोया गैरे कार्यक्रममा कार्यक्रममा पूर्व लेखासभी समेत रामनाथ सापकोटा, निर्वाचन समिति सदस्य बेलबहादुर नवनिर्वाचित अध्यक्ष कमल शर्मा गौतम तोयानाथ गैरे लेखा समिति समेत टिकाराम शर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। 

उक्त कार्यक्रममा निर्वाचन समितिको संयोजक ज्यूबाट नमानिवार्य सम्पूर्ण पदाधिकारीहरूलाई सपथ ग्रहण एवं प्रमाणपत्र वितरण गरिएको थियो। साथै निवर्तमान कार्यसमितिलाई धन्यवाद सहित कदरपत्रद्वारा सम्मान गरिएको थियो।

उक्त कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य कुलराज सुवेदीले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता निर्वाचन समितिका संयोजक एवं निवर्तमान अध्यक्ष छायादत्त ढकाले गर्नुभएको थियो।