गण्डकी साकोसको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

२०८१ पौष २८ आइतबार ०७:०६:०० मा प्रकाशित


गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाको प्राबिधिक सहयोगमा गँैंडाकोट ३ हर्दि मा १ दिने निशुल्क स्वास्थ्य शिविरसम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोबिन्द सुबेदीको अध्यक्षतामा सञ्चालन भएको शिविरमा स्वास्थ्य उपसमिति संयोजक शकुन्तला तिवारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 
गैंँडाकोट नगरपालिका स्वास्थ्य शाखाको तर्फबाट सिता शर्माले कार्यक्रमबाट उपलब्ध हुने सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । गण्डकी साकोसका सचिव केशवराज शर्माले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका अध्यक्ष एवं गण्डकी साकोसका लेखा सुपरिबेक्षण समिति संयोजक विष्णु प्रसाद शर्माको बिशेष उपस्थिती रहेको थियो भने स्थानीय महिला स्वयंसेविका नानीमाया न्यौपाने, हर्दि खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा, प्रगतीशिल टोल बिकास संस्था, मौलादेवी आधारभुत बिद्यालय व्यवस्थापन समिति, हर्दि केलादी सामुदायिक बन उपभोक्ता समिति लगायत अन्य स्थानिय संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 


सामान्य चिकित्सा, हाजजोर्नि तथा नशा रोग, स्त्रि रोग, भिडियो एक्सरे, खकार परिक्षण, मधुमेह परिक्षण लगायतका सेवा प्रदान गरिएको कार्यक्रममा  १२६ जनाको नि शुल्क स्वास्थ्य परिक्षण गरि  औसधि समेत निशुल्क उपलब्ध गराईएको थियो ।  


अध्यक्ष गोबिन्द सुबेदीले गैंडाकोटको अलि दुर्गम भनेर चिनिएको हर्दि गाउँका बासिन्दाहरुको लागि २०५१ साल देखिनै खानेपानी तथा सरसफाई कार्यक्रम, अन्य स्वास्थ्य सेवा कार्यक्रमहरु निरन्तर संचालन गर्दै आई रहेको कुरा स्मरण गर्दै यस ठाउँको बिकास र स्थानिय बासिन्दाको जनजिविका लाई  सहज गराउन आवश्यक पर्ने समन्वय सहयोगलाई निरन्तरता दिईरहने  अभिलाषा प्रकट गर्नु भएको थियो ।