नमुना शिवनगर खानेपानीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
गैँडाकोट । नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोट ६, ७, ८ र ९ वडाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सभाहलमा भएको कार्यक्रममा संघिय खानेपानी तथा ढल आयोजनाका प्रमुख पदमबहादुर कुँवर क्षेत्रीले राज्यले स्वस्थ खानेपानी पु¥याउनुपर्ने दायित्वमा संस्थाले सहयोग गरेको बताउनुभयोे । संस्था जुन भिजन र मिसनका साथ अगाडी बढेको छ, यसले समुदायमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । उहाँले नेपालमा ९२ प्रतिशत नागरिकले आधारभुत स्तरको खानेपानी पाएको जानकारी दिनुभयो । स्रोत मूल मुहानको संरक्षण गर्ने र बिभिन्न योजना बनाएर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष जयराम कँडेलले २१ सय घरधुरीका सदस्यहरुलाई स्वस्थ खानेपानी उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रविधिमैत्री बनेर अगाडी बढेको बताउँदै संस्थालाई पूर्णरुपमा भौगोलिक सूचना प्रणालीमा लागिएको पनि बताउनुभयो । उहाँले उपभोक्ता सदस्यहरुको जिज्ञासाको समाधान गर्दै उपभोक्तालाई २४ सैँ घण्टा स्वस्थ खानेपानी पु¥याउने काम गरेको बताउनुभयो ।
संस्थाका सचिव प्रकाश भुसालले भुमिगत जलस्रोतको विकल्प खोज्ने उपभोक्तामा सरसफाई सम्बन्धि जनचेतना जगाउने गरी काम गर्ने बताउनुभयो । साथै शुद्ध खानेपानी उपभोक्ताको मुखसम्म पु¥याउने हेतुले संस्थाले काम गरिरहेको हुनाले मासीक पानी परिक्षणको रिपोर्ट सार्वजनिक गर्ने र परिक्षणलाई प्राथमिकता दिने पनि सचिव भुसालले बताउनुभयो ।
कोषाध्यक्ष कुशल अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दैै कार्यकालको सुरुवातमा नै टिडिएफ ऋण घटाएर ८५ लाख ४५ हजार २ सय ४४ रुपैँयामा झारेको बताउनुभयो साथै पानी वितरण तथा धारा जडानबाट उठ्न पर्ने बक्यौता रकम करिब २६ लाखबाट १३ लाखमा आएको बताउनुभयो ।
लेखा समितिका संयोजक इन्द्रमणि चालिसेले प्रतिवेदन प्रस्तुत गर्दै भविष्यमा आइपर्ने समस्याहरुलाई मध्यनजर गरी पानीको स्रोतको खोजी गर्न, गरिव, विपन्नलाई निःशुल्क रुपमा धारा वितरण गर्न नगरपालिका र बिभिन्न संघ संस्थासँग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।
खानेपानी सुरक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक लक्ष्मीप्रसाद कँडेलले क्लोरिन सञ्चालनमा ल्याएर दैनिक ल्याव परिक्षण गरिएको बताउनुभयो । साथै उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन धाराको परिक्षण, जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको बताउनुभयो ।
जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, संस्थाका पदाधिकारी साथै उपभोक्ता सदस्यको उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तव्य जोकमाया सुनारीले व्यक्त गर्नुभएको थियो ।