स्वास्थ्यमन्त्री पौडेलद्वारा गैँडाकोट अस्पतालको निरीक्षण

२०८१ पौष २८ आइतबार १७:४२:०० मा प्रकाशित

गैँडाकोट । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले गैँडाकोट आधारभुत अस्पतालको निरीक्षण गर्नुभएको छ । 


आज आइतबार निरीक्षण गर्दै स्वास्थ्य मन्त्री पौडेलले अस्पतालको अवस्था, सेवा, जनशक्ति र वर्तमान अवस्थाको बारेमा जानकारी लिनुभएको छ । उहाँले निरिक्षण गर्दै नागरिकले सहज स्वास्थ्य सुबिधा पाउनुपर्ने बताउनुभयो । 

गण्डकी प्रदेशमा मुटुरोग केन्द्र स्थापना गर्ने सोच बनाउनुभएका स्वास्थ्य मन्त्री पौडेललाई गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोटमा अस्पताल बनाउन सकिने र नगरपालिकाले जग्गा उपलब्ध गराउने बताउनुभएको छ । मन्त्री पौडेलले ट्रमा सेन्टरका लागि १० करोड विनियोजन भएको र यसमा आफ्नै कार्यकालमा मुटुरोग केन्द्र स्थापना गर्न सकिने सम्भावना रहेको समेत बताउनुभयो । साथै उहाँले गैँडाकोट आधारभुत अस्पताललाई गर्न सकिने सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ । 

गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले नागरिकको सहजताका लागि स्वास्थ्य चौकीलाई विस्तार गरी ५ शैयाको अस्पताल बनाएको बताउनुभयो । नगरअस्पतालको चाप पनि यसले कम गराउने र स्वास्थ्य सेवाको पहुँच विस्तार हुने उपप्रमुख कोइरालाको विश्वास छ । 

गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले नेपाल सरकारले तोकेका आधारभुत स्वास्थ्य सेवा सँगै आकस्मिक सेवा, एक्सरे सेवा, २४ सै घण्टा ल्याब सुबिधा लगायतको सेवा नागरिककले पाउने बताउनुभयो ।

गैँडाकोट आधारभुत अस्पतालमा यही माघ १ गते देखि नागरिकले ३ जना चिकित्सक सहितको सेवा पाउने छन् ।  

vfm