बागलुङ गलकोट समाजको अध्यक्षमा कमल शर्मा गौतम सर्वसम्मत
गैंडाकोट । बागलुङ गलकोट समाजको अध्यक्षमा कमल शर्मा गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । गौतमको अध्यक्षतामा १५ सदस्य कार्यसमिति र लेखा समिति टिकाराम शर्माको संयोजकमा पाँच सदस्य समिति गठन गरिएको थियो ।
यस्तै उपाध्यक्षमा दुर्गादत्त गौतम, तेज बहादुर बोहोरा, विष्णुमाया बस्नेत, सचिवमा यम नारायण चालिसे, सह सचिवमा जुना न्युरे, कोषाध्यक्षमा दुर्गा वहादुर पुन, सह– कोषाध्यक्षमा चित्र बहादुर थापा र सदस्यहरुमा कृष्णहरि ढकाल, निता सुवेदी, लिला खत्री, विष्णुप्रसाद गौतम, कोपिला चालिसे, वम बहादुर खत्री र तिलक गैरे चयन हुनुभएको छ ।
संयोजक सदस्यहरुमा हरि गैरे, भागिरथी कंडेल, भिमलाल कंडेल, रामचन्द्र सापकोटा चयन हुनुभएको हो । निर्वाचन समितिको संयोजकमा दत्त ढकाल सदस्य बेलबहादुर पुन र कुलराज सुवेदी रहनुभएको थियो ।
बागलुङ गलकोट समाजले ११ औं स्थापना दिवसको उपलक्ष्यमा दशौँ साधारण सभा गरेको हो ।
संस्थाका अध्यक्ष कमल शर्मा गौतमले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा भूमिराज रेग्मी, बागलुङ गलकोट समाजका सल्लाहकार एवं जेष्ठ नागरिक , ढकाल चितवन सम्पर्क समितिका अध्यक्ष एवं वडा नम्बर ५ का वडा सदस्य तुलसीराम गौतम, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविलाल कँडेल, गलकोट समाज चितवनका अध्यक्ष बलबहादुर केसी, बाग्लुङ गल्कोट समाज काठमाडौँका कार्यवाहक अध्यक्ष बलिभद्र चालिसे एवं विभिन्न संघसंस्थाका अध्यक्षहरू लगायतको उपस्थिती रहेको थियो ।