नवलपुर फोटोग्राफर संघको अध्यक्षमा कुशल अधिकारी सर्वसम्मत चयन 

२०८१ पौष २० शनिबार १३:१२:०० मा प्रकाशित

गैँडाकोट । नवलपुर फोटोग्राफर संघको अध्यक्षमा कुशल अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । 


शुक्रबार भएको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले कुशल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । 


जसको उपाध्यक्षमा सिलास पाण्डे क्षेत्री,  सचिवमा पूर्णदत्त भट्टराई, कोषाध्यक्षमा शम्भु क्षेत्री, सहसचिवमा खगेश्वर पराजुली र  सदस्यहरूमा निर्मल सिङ्जाली मगर, आरती बस्याल, राजन अधिकारी, गणेश गैरे, ओम प्रकाश न्यौपाने, सञ्जु शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।