भेडाबारी सामुदायिक वनमा भोजबहादुर महत्तो टिम नै विजयी 

२०८१ पौष ७ आइतबार १३:०१:०० मा प्रकाशित


नवलपरासी पूर्व । भेडाबारी सामुदायिक वनको अध्यक्षमा भोजबहादुर महत्तो निर्वाचित हुनुभएको छ । वनको ७ औँ अधिवेशन अन्तर्गत हिजो भएको निर्वाचनबाट महत्तो निर्वाचित हुनुभएको छ । सामुदायिक वनलाई नीतिमा रहँदै उपभोक्ताको सहजता कायम गर्दै अघि बढ्ने नवनिर्वाचित अध्यक्ष महत्तोले बताउनुभएको छ । 


वनको उपाध्यक्षमा कमल धिताल, सचिवमा दुर्गादेवी धिताल लामिछाने, कोषाध्यक्ष केशरीमाया नेपाली, सहसचिवमा नरदेवी सुनार निर्वाचित हुनुभएको हो । यस्तै सदस्यहरुम भेषराज थनेत, संगिता महत्तो, टिकामाया सुगरपाक, बुद्धीमाया नेपाली, गिता लामिछाने, बिर्खमाया सोमै, ओमकली बास्तोला, प्रजापति सापकोटा, यामप्रसाद सापकोटा, मुकुन्द कोइराला निर्वाचित हुनुभएको छ ।


लेखा संयोजकमा चुनबहादुर केसी र सदस्यहरुमा छमकुमारी महत्तो र भीमप्रसाद सुवेदी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक गोविन्द कोइरालाले जानकारी दिनुभएको छ ।