नेपाली कांग्रेसको १०० दिने बिशेष अभियान गैडाकोट ५ मा 

२०८१ पौष ७ आइतबार १४:३७:०० मा प्रकाशित

गैँडाकोट । नेपाली कांग्रेसले १०० दिने बिशेष अभियान, टोल टोलमा काँग्रेस अभियान सुरु गरेको छ । सो अभियान अन्र्तगत शनिबार गैँडाकोट ५ ले कार्यक्रम गरेको छ । बिभिन्न टोलसँगको सहकार्यमा कार्यक्रम गरिएको नेपाली काँग्रेस गैँडाकोट ५ का सभापति लक्ष्मण कार्कीले बताउनुभयो ।

महासमिति सदस्य गजेन्द्र बहादुर आलेले सबै मिलेर यस अभियानलाई बिशेष बनाउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस महासमिति सदस्य ओम प्रसाद सापकोटा, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य द्रोेण वन सन्यासी, निर्वतमान नगर सभापति तारापति खरेल, नेपाली काँग्रेस किसान सघ पुर्ब केन्द्रिय सदस्य तुलसी गौतम, नगर सचिव गोविन्द घिमिरे, नेपाली काँग्रेस नेता एवम् वडा अध्यक्ष रत्न प्रसाद सापकोटा, नेपाली काँग्रेस नेता क्षेत्रीय प्रतिनिधि केशव पौडेल, गण्डकी प्रदेश प्रतिनिधि डिल कुमारि घिमिरे, गण्डकी प्रदेश स्थानीय समन्वय सम्पर्क समिति सदस्य पार्वती सापकोटा, नेपाल महिला संघ गैंडाकोट वडा नं ५ शाखा सभापति लक्ष्मी कडेल सापकोटा लगायतको उपस्थिती रहेको थियो । 

स्वागत मन्तव्य उप सभापति विष्णु प्रसाद गौतमले राख्नुभएको कार्यक्रमको संचालन सचिव दिपक ढुङ्गानाले गर्नुभएको थियो ।