विनायकको तेस्रो विक्रि सेवा केन्द्र अमरापुरीमा 

२०८१ श्रावण ५ शनिबार ०७:१२:०० मा प्रकाशित


गैँडाकोट । विनायक कृषि सहकारी संस्था लिमिटेड गैँडाकोटले तेस्रो बिक्रि सेवा केन्द्र  गैंडाकोट १६ अमरापुरीमा शुभारम्भ गरेको छ । अमरापुरी विक्रि सेवा केन्द्रो शुक्रवार शुभारम्भ गरिएको छ । गँैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभत्त अधिकारीको प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा गैँडाकोट वडा नम्वर १५ का वडा अध्यक्ष पे्रमप्रसाद तिमिल्सीना, १७ का वडा अध्यक्ष गोपी कंडेल,  संस्थाका संस्थापक अध्यक्ष गोविन्दप्रसाद सापकोटा,  पुर्व अध्यक्ष  नारायणप्रसाद कंडेल, ठाकुरप्रसाद सापकोटा,  खिमानन्द सापकोटा रहनुभएको थियो ।

यसैगरि कार्यक्रममा ६६ जना कृषक समुह र टोल विकास संस्थाका कृषकहरुको सहभागी रहेको थियो ।
विनायक कृषि सहकारीका अध्यक्ष तिलकप्रसाद कंडेलले अमरापुरीका किसानहरुका लागि मल विउको सहजताका लागि विक्रि सेवा केन्द्रको  शुभारम्भ गरिएको बताउनुभयो ।


स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष टिकाराम सुवेदीले गर्नुभएको थियो ।  कार्यक्रम संचालन संस्थाका सदस्य काशिनाथ कंडेलले गर्नुभएको थियो ।