गैँडाकोटका विद्यालयहरुमा बक्सिङ इन स्कुल कार्यक्रम शुरु 

२०८१ असार १८ मंगलबार १९:३७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटका विद्यालयहरुमा बक्सिङ इन स्कुल कार्यक्रम शुरु भएको छ । 

नेपाल बक्सिङ महासंघको केन्द्रीय कार्यक्रम बक्सिङ इन स्कुल  कार्यक्रम अन्तर्गत विजय सामुदायिक शिक्षा सदनमा बक्सिङ कार्यक्रम शुरु भएको हो । सहभागी मध्येबाट छनोट गरी प्रशिक्षण गरिने बक्सिङका केन्द्रीय सदस्य समेत रहनुभएका गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । जिल्ला बक्सिङ संघ र नगर बक्सिङ संघले प्रशिक्षक खटाउने छन् । 

कक्षा ४ देखी कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइएको विद्यालयका कार्यबाहक प्रधानाध्यापक चक्रधर पौडेलले जानकारी दिनुभयो । 

विद्यालयका करिब एक सय जना विद्यार्थीले सहभागीता जनाएको विद्यालयका अतिरिक्त क्रियाकलाप शिक्षक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।