मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्दा ३ जना घाइते

२०८२ श्रावण ४ आइतबार १६:०४:०० मा प्रकाशित

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डस्थित तुईन खोला नजिकै गुडिरहेको भारतीय कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला नजिक मुग्लिनतर्फ जाँदै गरेको युपी-८० जिपी २९२८ नम्बरको भारतीय कारमा ढुङ्गा खसेर लागेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो । उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । 


घाइते हुनेहरूमा कार चालक भारत घर भएका ४२ वर्षीय रतेन्द्र यादव, कारमा सवार ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव छन् । उनीहरूको मुग्लिनस्थित जनता अस्पतालमा उपचार भइरहेको छ ।