कैलालीमा एक शिक्षकको रहस्यमय मृत्यु, अनुसन्धानका लागि तीन जना पक्राउ

२०८२ श्रावण ४ आइतबार १४:०६:०० मा प्रकाशित

धनगढी । कैलालीमा एक शिक्षकको रहस्यमय मृत्यु भएको छ। जानकी गाउँपालिका-४ को जनता नमुना माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षक जगदीश पन्तको शङ्कास्पद मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनापछि अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक नवीनराजा बुढाथोकीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पेय पदार्थमा विषादी मिसाएको र सो पेय पदार्थ पन्तले सेवन गर्दा उनको मृत्यु भएको आशङ्का गरिएको छ।