 
    गैँडाकोट । मौलाकालिका समाज केन्द्र–नेपाल र कखरा मन्टेश्वरीको संयुक्त आयोजनामा गैँडाकोटमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शमशेर आदर्श मा.वि गैंडाकोट–१ मा भएको शिविरमा ३०३ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजक समाजका सचिव गणेश अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी, नाक कान घाँटी, मुटुरोग, इसिजि, मधुमेह तथा पिसाब जाँच, स्त्री तथा प्रसुती र जनरल फिजिसियन सम्बन्धी सेवा प्रदान गरिएको थियो ।
चितवन मोडल हस्पिटलसँगको सहकार्य एवं स्थानीय विभिन्न सँघ संस्थको सहयोगमा भएको कार्यक्रममा डा सविना सेढाँई, डा. महेश यादव, डा. रितु यादव, डा. विकास पाण्डे, डा. दिपेन्द्र मल्लिक, डा. अभिषेक रेग्मी, डा. अपिल दवाडी लगायतका चिकित्सकहरुको टिमले स्वास्थ्य जाँच गरेको थियो ।
कार्यक्रममा गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

 
 
															 
                             
                             
                             
                             
                            
                            
                            
                             
											 
											 
											 
											 
											2025-10-26-01-57-26.png) 
											 
											 
                            