१५ हजार पाँच सय हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिने

२०८१ जेठ १ मंगलबार १६:०२:०० मा प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने भएको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

तराई मधेशका तीन लाख १८ हजार हेक्टर खेतीयोग्य जमिनमा क्लस्टरमा आधारित 'स्यालो' तथा 'ट्युबेल'बाट सिँचाइ सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।