गैँडाकोट शिक्षा समितिले मापदण्ड विपरित काम गरेको आरोप

२०८१ बैशाख २७ बिहीबार १३:३६:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकाको शिक्षा समितिले मापदण्डभन्दा बाहिर गएर काम गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन गैँडाकोट नगरसमितिले जनाएको छ । शिक्षक संगठन नगर समितिले विज्ञप्ती जारी गर्दै शिक्षक दरबन्दी वितरण र शिक्षक सरुवाको विषयमा निश्चित मापदण्ड बाहिर गएर काम गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । शिक्षकप्रति गरिएको पक्षपातपूर्ण व्यवहारप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विद्यार्थीसंख्या बढी भएका विद्यालयहरूलाई पनि पक्षपात गर्दै मापदण्ड बाहिर गएर दरबन्दी वितरण भएको संगठनका नगर अध्यक्ष नवराज काफ्लेले बताउनुभयो । 
आवाज ।।   


पटकपटक शिक्षकहरुले गुनासो गरिरहेको अवस्थामा विद्यालय र शिक्षकहरुको गुनासोलाई इन्कार गर्दै शिक्षा नियमावली २०५९ को नियम ९९ को उपनियम अर्थात अनुसूचि १७ लाई समेत बेवास्ता गरि विद्यालयको दोहोरो सहमति बिनानै शिक्षकहरूलाई सरुवा गरिएको शिक्षक संगठनका नगर अध्यक्ष नवराज काफ्लेले बताउनुभयो । 
आवाज ।।  


शिक्षा जस्तो पवित्र क्षेत्रमा गरिएका विभेदले कक्षाकोठामा प्रवेश गरि शिक्षण कार्यमा सरिक हुने शिक्षकको मनोबलमा नकरात्मक असर परेको विज्ञप्तीमा उल्लेख छ । शिक्षक संगठन गैँडाकोटका सचिव रोशन मल्ल ठकुरी र अध्यक्ष नवराज काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तीमा नियमबिपरित भएको कार्यले विभेदको सिर्जना गरेको उल्लेख गरिएको छ ।