नारायणी नदीमा छठको तयारी ८० प्रतिशत सकियो 

२०८० मङ्सिर २ शनिबार १८:१०:०० मा प्रकाशित


चितवन । उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ ।

छठ पुजाको लागि चितवनको नारायणी किनारमा भक्तजनको भिड लाग्ने गर्छ । भक्तजनको सुविधाको लागि नारायणी किनारमा बिषेश तयारी गरिएको छ । 

चितवनको नारायणी नदीमा छठ पूजाको तयारी चलिरहेको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माणको काम गरिरहेको छ । छठ पुजाको लागि चितवनको नारायणी किनारमा भक्तजनको भिड लाग्ने गर्छ ।

भक्तजनको सुविधाको लागि बिषेश तयारी गरिएको तराई सामुदायिक सेवा समिति नारायणगढका सचिव नारदप्रसाद परिहस्त बताउनुहुन्छ  । उहाँका अनुसार ८० प्रतिशत काम सकिएको छ । 

नारायणी किनारमा छठ पुजा गर्नेको मात्र होईन हेन आउनेको पनि भिड लाग्ने गर्छ । अहिले भरतपुर महानगर र चितवन प्रशासनसँग समन्वय तयारीको काम चलिरहेको छ । राति बस्न आउने ब्रतालुका लागि पनि व्यवस्था रहेको सचिव नारदप्रसाद परिहस्तले जानकारी दिनुभयो ।

यहाँ चितवनसहित नवलपुर, तनहुँ, धादिङ, गोरखा र लमजुङबाट व्रतालु छठ मनाउन आउने गर्छन् । नदी किनारमा पूजाका लागि छुट्टाछुट्टै ठाउँ निर्माण गरिएको छ भने ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका मूर्ति राखिने छ । छठ पुजाका लागि भिड बढ्नु भनेको यसप्रतिको आस्था बढ्दै जानु रहेको तराई सामुदायिक सेवा समिति नारायणगढ पुर्व अध्यक्ष राजकुमार कानुको बुझाई छ । 

करिब १६ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठ पर्व मनाउन थालिएको समितिले जनाएको छ । आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र सोमबार  बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ ।