गैँडाकोटका केहि भागमा विद्युत अबरुद्द हुने

२०८० असोज १३ शनिबार ०६:५९:०० मा प्रकाशित

आज गैँडाकोटमा विद्युत अनियमित हुने भएको छ । गैंडाकोट फिडर (मुकुन्दपुर सब स्टेशन बाट सप्लाई हुने लाइन) बुटबल नारायणघाट सडक खण्ड अन्तर्गत  गैंडाकोट नगरपालिका वडा नं ९ थुम्सीमा  नया पोलमा तार तन्ने साथै नयाँ लाइन सुचारु गरिने कार्य हुने भएकोले बिहान ७ बजेदेखी ११ बजेसम्म लाइन अनियमित हुने विद्युत प्राधिकरण गैँडाकोट शाखाले जनाएको छ ।

गैंडाकोट नगरपालिका वडा नं ७,९ र ६ नं वडा का केही भाग ॐशान्ति चोक वरिपरि केही समय किशान चोक विजय चोक भिडिआरसी चोक कालिका चोक भाग्योदय चोक, मैदा मिल शिवनगर खानेपानी र कालिका चोक वाट कांग्रे्रेस चोक तर्फको एरियामा विद्युत अनियमित हुने भएको हो । 


काम सकिएको खण्डमा तोकिएको समय अगाडी नै लाइन सुचारु हुनेछ भने मौसम प्रतिकुल भएमा सो काम नहुने  जानकारी गराइएको छ ।