माओवादी केन्द्र निकट बुद्धिजीवी संगठन नवलपुरको संयोजकमा भुसाल

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटको बद्धिजीवी संगठन नेपाल बुद्धिजीवी संगठन, नवलपुरको संयोजकमा घनश्याम भुसाल चयन भएका छन् । शनिबार कावासोती १६ डण्डामा सम्पन्न भएको भेलाले उनलाई संयोजक चयन गरेको हो ।
भेलाले १७ सदस्सीय समिति चयन गरेको छ । जसको सहसंयोजकमा चूडाबहादुर आलेलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरूमा डा गोपाल लम्साल, डा सूर्यप्रसाद भट्टराई, जगतप्रसाद भट्टराई, देवीप्रसाद सुवेदी, कृण्णचन्द्र गिरी, भीम सिर्पाली, पुष्पराज भण्डारी, मुरारी लम्साल, रूक्मागत शर्मा, चिन्तामणी पौडेल, दुर्गादत्त घिमिरे, शशिकुमार भुजेल, दुर्गा पोख्रेल, निर्मल दाहाललगायत रहेका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्मा, वैकल्पिक केन्द्रीय सदस्य धनप्रसाद सापकोटा, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला संयोजक बालकृष्ण रानाभाट लगायतको उपस्थितिमा भएको थियो ।
संस्थाका पूर्वउपाध्यक्ष चूडाबहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पूर्व सहसचिव कृण्णचन्द्र गिरीले गरेका थिए ।