सापकोटा कल्याण केन्द्रको नयाँ कार्यसमिति चयन

२०८० बैशाख २४ आइतबार १०:५९:०० मा प्रकाशित

तनहुँ । सापकोटा कल्याण केन्द्र कौडिन्य ऋषि आश्रमको सर्वसम्मत केन्द्रीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

कौडिन्य ऋषि आश्रम देवपुर, देवघाट तनहुँमा भएको २६औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनले डा. कविन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । २८ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा शालिकराम सापकोटा, उपाध्यक्षमा हरिदास सापकोटा, महासचिवमा गोविन्द प्रसाद सापकोटा, सचिवमा खेमराज सापकोटा, कोषाध्यक्षमा नवराज सापकोटा लगायत सदस्य रहनुभएको छ । 

सापकोटाको सबै प्रदेशमा प्रदेश समिति समेत गठन गरिएको छ । त्यस्तै ४० जिल्लामा समेत जिल्ला स्तरीय र नगर तथा वडा गाउँ टोलमा समेत समिति गठन गरिएको महासचिव गोविन्द प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार १७ जिल्लामा सापकोटा भेटिएका छैनन । देशभर करिब साढे १३ लाख सापकोटा रहेको जनाउँदै उहाँले डेढ लाख सापकोटा विदेशमा समेत रहेको जानकारी दिनुभयो ।

यसअघि चण्डीपूर्णिमाका दिन भएको साधारण सभा सापकोटा कल्याण केन्द्रका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षता एवं केन्द्रका प्रमुख सल्लाहकार कृष्णलाल सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साधारण सभामा केन्द्रका महासचिव गोविन्द प्रसाद सापकोटाले वार्षिक प्रतिवेदन, विधान संसोधन एवं आगामी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । त्यस्तै कोषाध्यक्ष खिमलाल सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रमा आवद्ध सापकोटालाई प्रमाणपत्र एवं सहयोगीहरुलाई सम्मान गरिएको थियो ।