आँचलको उमेर कति हो?

२०७९ चैत ७ मंगलबार १२:५४:०० मा प्रकाशित

अभिनेत्री आँचल शर्मा कति वर्ष पुगिन् होला? उनले सोमबार मनाएको जन्मदिन अनुसार उनी भर्खर २५ वर्ष पूरा भइन् ।
उनले जन्मदिन मनाएको भिडिओ सामाजिक सञ्जालमा सेयर गरेकी छन् । जसमा केकमा २५ वर्ष लेखिएको छ । 
विकिपिडियाअनुसार भने उनले अहिले २८औँ जन्मदिन मनाउनुपर्ने हा े। त्यसो त उनी आफैँले २०७५ चैतमा फिल्म ‘दाल भात तरकारी’को टिमसँग २२औँ जन्मदिन मनाएकी थिइन्। त्यस आधारमा पनि अहिले २०७९ मा उनले २६औँ जन्मदिन मनाउनुपर्ने हो । त्यसो त नेपाली फिल्मका नायिकाहरूले आफ्नो वास्तविक उमेर ढाँट्ने कुरा नौलो होइन ।
आँचल अभिनित पछिल्लो फिल्म ‘नाई नभन्नु ल ६’ आगामी वैशाखको १ गतेदेखि रिलिज हुँदै छ। 
‘नाइँ नभन्नु ल ४’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी आँचल म्युजिक भिडिओमा पनि बाक्लै अभियन गर्छिन् ।