मौलाकालीमा इला होटल सञ्चालनमा आयो

नवलपरासी पूर्व । आईएमई ग्रुपको लगानीमा नवलपुर गैंडाकोट नगरपालिका–१ मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले होटलको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमुनाका रूपमा मौलाकाली केबुलकार विकास भएको बताउनुभएको छ । इला होटल सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा मौलाकाली केबुलकार लिमिटेड अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधार विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाए थप लगानी गर्ने बताउनुभयो । मौलाकाली केबुलकारको माथिल्लो स्टेसनमा रहेको इला होटलमा सुइट तथा डिलक्स सहित ६५ कोठा, १ हजार क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिम लगायत सुविधा उपलब्ध रहेका छन् ।