तनाव कम गरे मनोरोग लाग्दैन 

२०७९ चैत ७ मंगलबार १२:०४:०० मा प्रकाशित

डा. सृजना भुर्तेल 
मनोरोग विशेषज्ञ
मौलाकालिका अस्पताल भरतपुर

आधुनिक जीवनशैली, नयाँ–नयाँ प्रविधि, खानपान र देखासिकी मनोरोगसँग जोडिएका छन् । मानिसका आचरणमा फरकपन देखिएमा मनोरोग मान्न सकिने चिकित्सक बताउँछन् । जसले मानिसको व्यक्तिगत जीवनमा र व्यवसायमा समेत असर पारिरहेको छ । केही मानिसमा सामान्यखालका र केहीमा कडा खालका समस्या लिएर बिरामीहरु चिकित्सककोमा जाँचका लागि पुग्ने गरेका छन् । यसैसन्र्दभमा हामीले मौलाकालिका अस्पताल भरतपुरका मनोरोग विशेषज्ञ डा. सृजना भुर्तेलसँग मनोरोगको पहिचान र उपचारबिधीबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ, सवांददाता रिना चौधरीले गर्नुभएको कुराकानीको सम्पादित अंशः 

मनोरोग भनेको के हो यो कस्तो खालको रोग हो ? 

जब एउटा मानिसको सोच, विचार, व्यवहारमा परिवर्तन हुन्छ, यस्ले गर्दा उसको व्यक्तिगत जीवनमा, व्यवसाय, समाजमा नराम्रो असर पार्छ भने त्यस्तोलाई मनोरोग भनिन्छ । यो अन्य रोग सरह नै हुन्छ । मनोरोगलाई सामान्य र कडा रोगमा विभाजन गर्न सकिन्छ । सामान्य मानसिक रोग भन्नाले डर लाग्ने, निन्द्रा नलाग्ने, आत्तिने खालको सामान्य हुन्छ । कडा मानसिक रोग भन्नाले यो रोग लागेको बिरामी स्वयम्लाई वा अरुलाई हानी पुग्छ भने यस्तोलाई कडा मानसिक रोग भनिन्छ । 

कडा मानसिक रोग बढ्दै गएपछि बिरामीलाई पर्ने ठूलो असर भनेको कस्तो हो ? 

बिरामी स्वयम् आफुलाई हानी पु¥याउँछ अथवा अरुलाई हानी पु¥याउँछ । यसलाई हामीले समयमा उपचार गरेमा वा परिवारले आफ्नो बच्चालाई यस्तो भइराछ भनेर निगरानी गर्दै गयो भने त्यति ठूलो असर पर्दैन । 

मानसिक रोग किन हुन्छ ?

मानसिक रोग पनि अन्य रोगहरु जस्तै वंशाणुगत हुन सक्छ । त्यस्तै वातावरण परिवर्तनका कारण, व्यक्तिगत जीवनमा आएको कुनै उतारचढावले, लागु औषध सेवनले, टाउकोमा असर परेको हुनाले जस्ता विभिन्न समस्याहरुले गर्दा यो मानसिक समस्याहरु उत्पन्न हुन्छ । अथवा यि कारणहरु बिना पनि हुनसक्छ । कहिलेकाहि महिलाहरुमा हार्मोन परिवर्तन हँुदा जस्तै बच्चा पेटमा बस्दा, गर्भवती पछि पनि यो समस्या भएको देखिएको छ । 

नेपालमा बढीमात्रामा कस्तो किसिमको मनोरोग देखा परेको पाइन्छ ? 

नेपालमा मात्र नभई विश्वको तथ्याङ्क हेर्दा धेरै मात्रामा आत्तिने, चिन्ता सम्बन्धी, निद्रा नपर्ने र जति समय वित्दै गएको छ नयाँ–नयाँ प्रविधिहरु आएको छ । यस्ले गर्दा कुलत तथा दुव्र्यसनीको कारणले हुने मानसिक रोग सँगै नयाँ–नयाँ टेक्नोलोजीको प्रयोगले पनि मानसिक समस्या हुने देखिएको छ । 

बालबालिकामा मोबाइल लत बढ्दो देखिन्छ, यस्ता टेक्नोलोजीको प्रयोगले कस्ता समस्याहरु निम्त्याउँछ ? 

यसले गर्दा बालबालिकालाई पढाइमा ध्यान नलाग्ने, विद्यालय जान मन नलाग्ने हुनाले उसको गुणस्तरीय जीवनमा असर पार्छ । व्यावसायीक जीवनमा समस्या हुने जस्ता र व्यक्तिमा रिसाउने, आवेशमा आउने हुने गर्छ । 

बालबालिका र युवाहरुमा हुने मानसिक रोगमा कत्तिको फरक छ ? 

मानसिक रोग युवाहरुमा देखिने र बच्चाहरुमा देखिनेमा केही भिन्न रहेको छ । बच्चाहरुले आफुलाई भएको समस्या भन्न नसक्ने, नजान्ने हुनाले पेट दुख्ने, हाडजोर्नी दुख्ने, टाउको दुख्ने, विद्यालय जान मन नगर्ने विद्यालय जाँदा सन्चो नहुने खालको समस्याहरु देखिन्छ । त्यस्तै युवाहरुले आफुलाई भएको समस्याहरु राम्रोसँग भन्न जानेका हुन्छन् । युवाहरुले आफुलाई चिन्ता लागेको, मन आत्तिएको छ, निद्रा लागेको छैन भनेर भन्न सक्छन् भने बालबालिकाहरुले यो समयमा धेरै रुने, रिसाउने, आमा–बाबुलाई नछोड्ने उनीहरुसँग टासिएर बस्ने खालको समस्या देखिन्छ । 

तपाइ समक्ष प्राय कस्ता खालको मनोरोगको बिरामीहरु आउने गरेका छन् ? 

धेरैजसो एन्जाइटी डिप्रेसन भएका मान्छेहरु आफै नै आउने गर्छन् । आफुलाई भएको समस्याहरु यति समयसम्म ठिक थिँए त्यसपछि आफुलाई डर लाग्ने, आत्तिने, छटपटि हुने, सास फेर्न गाह्रो हुने, राती निद्रा नलाग्ने, कुनै पनि काममा ध्यान नजाने जस्तो समस्याहरु बताउने गरेका छन् । सामान्य मानसिक समस्या भएकाहरु आफ्नो समस्याहरु लिएर आउने गरेका छन् भने कडा मानसिक रोग भएकाहरुले आफै थाहा नपाएर उहाँको परिवारले बिरामीलाई लिएर आउनुहुन्छ । उहाँहरुले बिरामीमा देखिएको समस्याहरु जस्तै बिरामी पहिला जस्तो नरहेको, उहाँमा अहिले परिवर्तनहरु आएको छ वा बोल्दैन, छिटो रिसाउँछ राती सुत्दैन भन्ने जस्ता समस्याहरु लिएर आउने गरेका छन् । 

मानसिक रोग भएको कसरी थाहा पाउने ?

मानसिक रोग चिन्न एकदमै सजिलो रहको छ । जस्तै ः कुनै मान्छेको आफ्नो बोली, बचन, व्यवहार उसको दिनचर्यामा धेरै समयसम्म परिवर्तन आउछ । जस्ले गर्दा उसको व्यवहारमा परिवर्तन आउन थाल्यो, उसले गरिरहेको कामहरुमा नराम्रो असर पर्ने परिवर्तन हुन्छ । पहिला–पहिला परिवारसँग पनि राम्रोसँग कुराकानी गर्नुहुन्थ्यो अहिले त्यो व्यवहारमा परिवर्तन आएको छ । राम्रोसँग सुत्ने मान्छेलाई निद्रा नलाग्ने, मान्छे फ्रेस नदेखिने खालको समस्याहरु हुने देखिन्छ ।

मनोरोग बढ्दै गएमा कस्तो खालको समस्या निम्त्याउँछ ? 

मनोरोग बढ्दै गएमा चिन्ता सम्बन्धी, निद्रा नलाग्ने अत्यासपनकै कुरा गर्दा उहाँको काम गराइमा कमी हुने, उहाँको सामाजिक व्यवहारमा कमी हुने, काम नमिल्ने, आर्थिक रुपमा कमजोर हँुदै जाने त्यसले गर्दा जीवनमा नै परिवर्तन हुन्छ । 

डिप्रेसन र मनोरोगमा के फरक छ ? 

डिप्रेसन आफैपनि मनोरोग अन्तर्गत नै पर्छ । डिप्रेसन एउटा मात्र रोग भयो । मनोरोगमा चाहिँ धेरै समस्याहरु भए जस्तै डिप्रेसनमा निद्रा नलाग्ने, डराउने, आत्तिने खालको हुन्छ, भने मनोरोगमा सामान्य तथा कडा मनोरोग पर्छ । 

मानिसले चिन्ता परेको छ भन्ने गर्छन, यस्लाई मानसिक समस्या भन्न मिल्छ ? 

चिन्ता पर्दैमा त्यो मनोरोग भने हँुदैन । जस्तै मानौं कसैको घरमा नराम्रो घटना घट्यो त्यसले एक–दुई दिनलाई असर गर्छ भने त्यो सामान्य हो । तर त्यस्ले नै त्यो व्यक्तिलाई हप्ता, महिना गर्दै पछि सम्म उसको हरेक व्यक्तिगत, व्यावसायीक, आर्थिक रुपमा नै असर गरे उसले केही काम गर्न सकेन भने चाहिँ मनोरोग मानिन्छ । तर चिन्ता लिदैमा उसलाई मानसिक समस्या भएको छ भनेर भन्न मिल्दैन । 

मनोरोगिहरुसँग कस्ता व्यवहार गर्नुपर्छ ? 

मनोरोग भएका बिरामीहरुलाई अरु रोग भएका बिरामीहरुलाई जस्तै ख्याल राख्ने तर मनोरोगीहरुको हरेक कुरामा साथ दिनुपर्छ । उनीहरुलाई माया गरेर फकाउनुपर्छ । हामीले मनोरोगीहरुको कुरा सुन्दिनुपर्छ । सान्त्वना दिन र आफु उसको साथमा रहेको अनुभव गराउँदा मनोरोगीहरुलाई पनि सहयोग हुन्छ । सँगै उनीहरुलाई भएको कस्तो खालको मानसिक समस्या हो त्यसलाई बुझेर समय–समयमा नजिकैको अस्पतालमा लग्न सकिन्छ । 

मानसिक समस्या देखिने दर कस्तो देखिन्छ ?  

प्रतिशत अनुसार भन्नुपर्दा १५ देखी ३० प्रतिशतसम्म एन्जाइटी र डिप्रेसनको मात्र देखिन्छ । सबै किसिमका मनोरोग भएकाहरु नेपालमै हेर्नुपर्दा ५ देखी ७ प्रतिशत सम्म रहेको अनुमान छ । पहिलाको तुलनामा मनोरोगको समस्या बढ्दै गएको देखिन्छ । अहिलेको समयमा कामको तनाव, नयाँ–नयाँ रोगहरु भएर, सँगै कुलतले गर्दा पनि यो बढेको देखिन्छ । तनाव कम गर्ने हो भने पनि मनोरोग लाग्दैन । 

सामाजमा मनोरोगीलाई हेर्ने दृष्टिकोण नकरात्मक बन्ने डरले समस्या झनै बल्झिएको सुन्नमा आउँछ, यसलाई कसरी कम गर्न सकिन्छ ?

हो, हामिले यो समस्या दिनहुँ जस्तो भोगिरहेका हुन्छौं । समाजको डरले पनि केहि व्यक्तिहरु आफुलाई मानसिक समस्या भएको छ भन्न डर मान्नुहुन्छ । उहाँहरु ओपिडि सम्म आउन पनि अफ्ठ्यारो मान्नुहुन्छ । यसलाई चाहिँ सहि सूचना प्रवाह गरेर मानसिक रोग प्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन जरुरी छ । हरेक परिवारमा एक जना शिक्षित भएमा हामिले यसप्रतिको नकारात्मक दृष्टिकोण हटाउन सक्छौं । 

मानसिक रोगको उपचार विधि के–के हो ? 

मानसिक रोगको उपचार विधि धेरै छ । सबै मानसिक रोग भएकाहरुलाई औषधि नै चाहिन्छ भन्ने छैन । सामान्य मानसिक रोगको लागि हामीले उनीहरु प्रति आफ्नो व्यवहार राम्रो बनाउँदा वा उनीहरुको कुरा सुन्ने आश्वासन दिँदा पनि उपचारमा सहयोग पुग्छ । काममा धेरै व्यस्त रहनेहरुले योगा गर्दा सँगै अलि अफ्ठ्यारो भएमा चिकित्सकको सल्लाह बमोजिम औषधी लिनुपर्छ । समयमा नै उपचारतर्फ लाग्ने हो भने यो जटिल बन्न पाउँदैन, सामाजिक रुपमा पनि छवि राम्रो बन्छ । मनोरोगको उपचार गर्न सकिन्छ ।