गैँडाकोट ११ र १२ मा ज्येष्ठ नागरिक वडा संघ गठन

गैँडाकोट । गैँडाकोट ११ र १२ मा ज्येष्ठ नागरिक वडा संघ गठन गरिएको छ । गैँँडाकोट १२ मा गठन गरिएको ज्येष्ठ नागरिक वडा संघको अध्यक्षमा मिना सदाशंकर चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा भद्रबहादुर भण्डारी, सचिवमा छविराम रेग्मी, कोषाध्यक्षमा चन्द्रवती ढकाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा होमबहादुर थनेत, कुलराम महतो, गंगाधर रिजाल, जितबहादुर सुवेदी, लेखनाथ सापकोटा चयन हुनभएको छ, भने सल्लाहकार संयोजकमा शसिधर सापकोटा हुनुहुन्छ । सल्लाहकार सदस्यहरुमा दण्डपाणी ढकाल, गोविन्द लामिछाने चयन हुनुभएको छ ।
गैँडाकोट १२ का वडा अध्यक्ष चक्रपाणी कंडेलले ज्येष्ठ नागरिकहरुलाई कुनै पनि समस्या परेमा आफुले सहयोग गर्ने बताउनुभयो ।
ज्येष्ठ नागरिक संघ गैँडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले दिवा सेवाको व्यवस्था मिलाउनुपर्ने, सक्रिय जीवन बनाउन आयआर्जनको व्यवस्था मिलाउनुपर्ने, ज्येष्ठ नागरिकको राम्रो स्याहार गर्नुपर्नेसँगै सन्तानलाई अन्तरक्रिया गरी राख्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक वडा संघ गैँडाकोट १ का अध्यक्ष शालिकराम सापकोटाले शुभकामना दिनुभएको थियो ।
यसैगरी गैँडाकोट ११ मा गठन गरिएको ज्येष्ठ नागरिक वडा संघको अध्यक्षमा भानुभक्त अधिकारी चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा खिलेश्वरी धिताल, सचिवमा तुला गौतम, कोषाध्यक्षमा प्रमोद न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा पदमा भुसाल शर्मा, दुर्गा सापकोटा, केन्द्रलाल महतो, फुलमाया बोरेनी र खिमानन्द कंडेल चयन हुनुभएको छ ।
गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्द सुवेदीले ज्येष्ठ नागरिक प्रति आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।