कोटेश्वर मन्दिरमा प्रवेशद्वारको शिलान्यास 

२०७९ चैत ५ आइतबार ०७:४९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ४ स्थित कोटेश्वर मन्दिर शिवालय परिसरमा प्रवेशद्वारको शिलान्यास गरिएको छ । प्रवेशद्वारको हरिहर सन्न्यास आश्रम देवघाटका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले शिलान्यास गर्नुभएको हो । सो अवसरमा आयोजित कार्यक्रममा उहाँले मन्दिरको बृहत् विकासका लागि आफू लागि पर्ने बताउँदै सेवा समितिलाई सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो । 

उक्त प्रवेशद्वार शिवालय सेवा समितिका आजिवन सदस्य स्वर्गीय शोभाखर रिमालको स्मृतिमा श्रीमती पुतली रिमाल, छोरा दिपक रिमालले बनाउन लागेका हुन् । स्वर्गीय रिमालको वार्षिक तिथि २०८० मङ्सिर ४ गते भित्र सम्पन्न गरी शिवालय सेवा समितिलाई हस्तान्तरण गर्ने स्वर्गीय रिमालका दाजु विष्णुहरि रिमालले जानकारी दिनुभयो । निर्माण हुने प्रवेशद्वार करिब ५ लाख ५० हजार बराबरको लागतमा बन्ने जनाईएको छ ।

मन्दिरका अध्यक्ष हरिकृष्ण रिमालले मन्दिर व्यवस्थित बन्दै गइरहेको बताउनुभयो । उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको सहजिकरण सचिव वामदेव घिमिरेले गर्नु भएको थियो । उक्त कार्यक्रममा शिवालय सेवा समितिका पूर्व सल्लाहकारहरु टोलनाथ घिमिरे, ईश्वरीनाथ रिमाल, मुक्तिनाथ काप्री लगायत रिमाल परिवारको उपस्थिति रहेको थियो ।