संसद भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु

२०७९ माघ ११ बुधबार १०:१७:०० मा प्रकाशित

काठमाडौं । संघीय संसद् भवन, बानेश्वर अगाडि आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

मंगलबार आफैंमाथि आगो लगाएका आचार्यलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो ।

अस्पताल प्रशासनले बुधबार बिहान उनको मृत्यु भएको जनाएको छ ।

३७ वर्षीय आचार्य इलामको सूर्योदय नगरपालिकाका स्थायी बासिन्दा थिए । मंगलबार उनले लामो स्ट्याटस लेख्दै संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आगोले उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।