गोपेश्वर महादेव मन्दिरको ३० औं साधारणसभा सम्पन्न

२०७९ माघ ९ सोमबार १८:०२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट २ मा रहेको गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समितिकोे ३० औं साधारण सभा सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसिले धार्मीक क्षेत्रालाई संरक्षण गर्नुपर्ने बताउँदै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ । सांसद जिसीले वैदिक सनातन धर्मको गरीमा अत्यन्तै महत्वपूर्ण भएको बताउँदै भौतिक सुख–सुविधा र पश्चिमा संस्कृतिले अहिलेको अवस्थामा वैदिक सनातन धर्मलाई चुनौती थपिएको औल्याउनुभयो ।
कार्यक्रममा गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समितिका अध्यक्ष बेदप्रसाद गौडेलले  मन्दिरमा स्थापनाकाल देखीनै विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले मन्दिरलाई अझ व्यवस्थित गराउन तर्प लागेको बताउनुभयो । 
गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समितिका सचिव नारायण सुवेदीले आर्थिक बर्ष २०७८/०७९को बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले मन्दिरको विकासका लागि जम्मा गरिने अक्षयकोषमा ४३ लाख १ हजार रकम रहेको बताउनुभयो । 
गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समितिका कोषाध्यक्ष गोपालप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष ०७९/०८० को प्रस्तावित आम्दानी ५१ लाख ८४ हजार २ सय ८५ रकम रहेको प्रस्तुत गर्नुभयो । साथै चालु बर्ष २०७९ श्रावण ०१ देखि पौष मसान्तसम्मको आम्दानी १२ लाख ४६ हजार ८ रुपैँया र खर्च ७ लाख ६० हजार ४ सय ४० रुपैँया रहेको बताउनुभयो । 
गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय लेखा तथा सुपरीवेक्षण समितिका संयोजक नेत्रनारायण सिग्देलले गोपेश्वर महादेव मन्दिरको सबल पक्षहरुको बारेमा जानकारी दिनुभएको थियो ।