अष्ट्रेलियाका नेपालीद्वारा मिर्गौला पिडित सापकोटालाई आर्थिक सहयोग

२०७९ माघ ९ सोमबार १५:४९:०० मा प्रकाशित


गैँडाकोट । मिर्गौला पिडित गैँडाकोटका सन्तोष सापकोटाको उपचारार्थ आर्थिक सहयोग रकम जुट्ने क्रम जारी छ ।

गैँडाकोट ९ घर भई हाल अष्ट्रेलियामा रहेका नेपालीले १ लाख ३५ हजार रुपैँया आर्थिक सहयोग गरेका छन । प्रकाश सापकोटा, मिरा कंडेल सापकोटा र प्रविन सापकोटाको संयोजनमा संकलन गरिएको रकम प्रकाश सापकोटाका बुबा होमनाथ सापकोटाले सन्तोष सापकोटाका बुबा रामचन्द्र सापकोटालाई हस्तान्तरण गर्नुभएको हो । उहाँले सो रकम हस्तान्तरण गर्दै सापकोटाको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

अमर सिंह तामाङ्ग, पुजन घिमिरे, गणेश गौतम, लक्ष्मण सापकोटा, श्रृती सापकोटा, अभिषेक थापा, सृष्टि लामिछाने, निरज कंडेल, प्रकाश सापकोटा र प्रविन सापकोटा लगायतले सहयोग गर्नुभएको हो । 

मिर्गौला पिडित सन्तोष सापकोटाका बुवा रामचन्द्र सापकोटाले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै छोराका जीवन बचाइदिन सम्पूर्णमा आग्रह गर्दै आएका छन् ।

यसअघि मृर्गौलामा देखिएकै समस्याका कारण सापकोटाले श्रीमती र जेठो छोरा गुमाएका छन् । उनीहरुको उपचारको क्रममा घर जग्गा सबै सम्पत्ति सकिएपछि हाल बाबु र छोरा भाडाको घरमा गैँडाकोट २ मा बस्दै आएका छन् ।