गैँडाकोट इङ्गलिस स्कूलद्वारा अभिभावकहरुकालाई मनो–सामाजिक परामर्श 

२०७९ माघ ७ शनिबार १८:५८:०० मा प्रकाशित

गैँडाकोट । 
बालबालिकालाई गर्ने व्यवहारबारे गैँडाकोट इङ्गलिस स्कूलले अभिभावकहरुकालाई मनो–सामाजिक परामर्श गरेको छ । गैँडाकोट २ मा रहेको नारायणी होटलमा शनिबार ७ सय बढी अभिभावकलाई परामर्श गरिएको हो । 


विद्यालयसँगै घर, समुदाय पनि बालबालिकाको सिकाई स्थल भएकाले विद्यालयले बालबालिकाको मनोभावना बुझ्दै उनिहरुसँग व्यवहार गर्नुपर्नेमा मनो–परामर्शकर्ताले जोड दिएका छन् । गैँडाकोट इङ्गलिस स्कूलले आयोजना गरेको मनो–सामाजिक परामर्शपछि अभिभावकहरुले धेरै राम्रो कुराहरु सिक्न पाएको बताएका छन् । उनिहरुले बालबालिकाको मनोभावना बुझेर व्यवहार गर्न सघाउ पुग्ने बताएका छन् । 
परामर्श कार्यक्रममा शुभमंगल गुप्र प्रा.लि.का क्लिनिकल साइकोलोजिस्ट रामपुकार शाहले बालबालिकाको मनस्थीति बुझेर सिकाउनुपर्ने बताउनुहुन्छ । उहाँले अभिभावकले आफ्ना बालबालिकालाई समय दिएर व्यवहारिक सीप सिकाउन आग्रह गर्नुभयो । बालबालिकाको रुची बुझेर उनिहरुलाई सकारात्मक प्रतिस्पद्र्धामा अगाडी बढ्न जोड दिनुपर्ने बताउनुभयो । 


कार्यक्रममा बोल्दै मनोविद निकीता श्रेष्ठ शाक्यले बालबालिकाको मनोभावना बुझेर उनिहरुलाई व्यवहार गर्नुपर्ने बताउनुभयो । बच्चालाई तुलना गर्न नहुने बताउँदै हरेक बालबालिकाको व्यक्ति विशेष गुण हुने उहाँको भनाई छ । 


गैँडाकोट इङ्गलिस स्कूलका प्रधानाध्यापक हिरालाल अर्यालले अभिभावकलाई मनोसामाजिक परामर्श गराएको बताउनुभयो । हरेक ५ बालबालिकामा १ बच्चामा एन्जाइटी हुने हुँदा हरेक अभिभावकका लागि यो बुझ्नु आवश्यक भएको बताउनुभयो । 
गैँडाकोट इङ्गलिस स्कूलका एकेडमीक कोर्डिनेटर विना कोइरालाले विद्यालय, अभिभावक र बालबालिकाको अन्तरसम्बन्धबाट नै सिक्ने सिकाउने प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

उहाँले अभिभावक र विद्यालयको सम्बन्ध, समन्वयले बालबालिकाको सिकाइमा प्रभाव पार्ने बताउनुभयो । विद्यालय सदैव बालबालिकालाई प्रोत्साहित गर्दै परियोजना अन्र्तगत सिकाई प्रक्रिया अगाडी बढाएको उहाँको भनाई छ । 


यस्तै सो कार्यक्रममा शुभमंगल गुप्र प्रालीका व्यवस्थापक सुमना शर्मा, अभिभावकहरु, शैक्षिक व्यक्तित्व, शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।