नवलपुर १ (१) बाट ५ उम्मेदवारले कटाएनन् १ हजार मत   

२०७९ मङ्सिर ९ शुक्रबार १२:११:०० मा प्रकाशित

नवलपुर । गण्डकी प्रदेश नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर १ (१) बाट नेपाली काँग्रेसका महेन्द्र ध्वज जि.सि. विजयी हुनुभएको छ ।  

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला सभापति जि.सि. निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य रबिन्द्र अधिकारी भन्दा १ हजार १ सय ५० मतान्तरले विजयी हुनुभएको हो । 

नेपाली काँग्रेसका महेन्द्र ध्वज जि.सि.ले १५ हजार १ सय ३७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रविन्द्र अधिकारीले १३ हजार ९ सय ८७ मत प्राप्त गर्नुभयो ।     

राष्ट्रिय प्रजातन्त्र पार्टी    का सन्तोष थापाले ६ हजार १ सय ४० मत प्राप्त गर्नुभयो भने हाम्रो नेपाली पार्टीका बद्री कापृले २ हजार ४ सय २७ मत प्राप्त गर्नुभयो । 

अन्य ५ जना उम्मेदवारले १ हजार मत कटाउन सकेनन् भने ४ उम्मेदवारले ५ सय मत पनि कटाउन सकेनन् ।    

मंगोल नेशनल अर्गनाइजेसनका कुमार गुरुङले ९ सय २९ मत, राष्ट्रिय जनमुक्ति पार्टीका विना आलेले ४ सय १८ मत, स्वतन्त्र उम्मेदवार राजेन्द्र प्रसाद उपाध्यायले २ सय ८९ मत, जनता समाजवादी पार्टी, नेपालका अनु बुढाथोकीले २ सय १२ मत र नेपाली कांग्रेस (बी.पी.) का यम नाथ बस्ताकोटीले १ सय १८ मत प्राप्त गरेका छन् । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ (१) मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४१ हजार ७ सय ४२ रहेको थियो ।