मानव अधिकार तथा शान्ति समाजको शान्ति काव्य सुधा कार्यक्रम

२०७९ कार्तिक ७ सोमबार १८:४०:०० मा प्रकाशित


गैँडाकोट । मानव अधिकार तथा शान्ति समाज नवलपुरले शान्ति काव्य सुधा कार्यक्रम गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा गैंडाकोटमा आयोजना गरिएको कार्यक्रममा चितवन तथा नवलपुरका साहित्यकारको उपस्थिति रहेको थियो ।

शान्ति समाज नवलपरासीका संस्थापक सभापति एवं वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी प्रमुख अतिथि रहेको कार्यक्रममा विनोदीले महाकविको अनुसरण बिना नेपाली समाज र साहित्य अपुरो हुने बताउँदै महाकविको रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. गंगाधर अधिकारीले महाकविका विषयमा सोधखोज अझैसम्म पूरा हुन नसकेको र समाजले चिन्न नसकेकोमा दुःख रहेको बताउनुभयो । 

मुना धनञ्जयको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाझका लागि दीप प्रज्ज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । जिल्ला शाखा नवलपुर सभापति भानु रिमालको अध्यक्षता मा भएको कार्यक्रम को सहजीकरण जिल्ला शाखा सदस्य सुजन अधिकारीले गर्नुभएको थियो । 


कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सचिव राजेन्द्र पौडेल, पूर्व अध्यक्ष रामहरि शर्मा शराह, निवर्तमान अध्यक्ष सुरेन्द्रराज अधिकारी, चितवन सभापति शम्भु रावतसँगै छवि कंडेल, बेदप्रसाद गौडेल, श्रीधर उपाध्याय पुष्प अधिकारी, हरि प्रिया रिजाल, इन्द्रराज पौडेल, बिदुर अधिकारी, विष्णु पन्थी, शंकर आचार्य, उदयनाथ रेग्मी, राजेन्द्र घायलको उपस्थिति थियो ।