विजय एफ एमका अध्यक्ष चापागाईंद्धारा बडादशैँको शुभकामना व्यक्त 

२०७९ असोज १८ मंगलबार १८:५४:०० मा प्रकाशित


नेपालीहरुको महान पर्व विजयदशमी २०७९ को पावन अवसरमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापागाईंले हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै चापागाईंले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु, विजय एफ एमका स्रोता आफन्त, विजय खबर पत्रिकाका पाठक, अनलाइन संस्करणका पाठक वर्गहरुमा बडादशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो । यसका साथै उहाँले विज्ञापन दाता, व्यवसायिक संस्था, सहकारी संघसंस्था, सामुदायिक वन, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, निजि तथा सामुदायिक विद्यालयहरु, कलेजहरु, स्वास्थ्य संस्थाहरुको श्रीवृद्धिमा माता मौलाकालिका आशिर्वाद रहिरहोस भनि शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ, साथै कोभिड १९ र डेङ्गुको संभावित संक्रमणको जोखिमबाट बचेर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ ।

 यस्तै विजय एफ एमका स्टेशन म्यानेजर तथा विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्यायले सम्पूर्ण नेपालीहरुमा मर्यादा, शान्ति, श्रीवृद्धि र सुखको कामनाका लागि मौलाकालिका मातासंग प्रार्थना गर्नुभएको शुभकामना सन्देशमा जनाइएको छ । यसैगरी विजय एफ एम १०१.६ ले बडादशैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम जारी राखेको छ ।