गैँडाकोटकी सरिता पौडेल केही दिन देखि बेपत्ता

२०७९ असोज १३ बिहीबार १८:५१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट १२ हर्कपुर नवआदर्श टोल की महिला एक सातादेखि बेपत्ता हुनुभएको छ । २८ बर्षिय सरिता पौडेल रेग्मी असोज १० गतेदेखि बेपत्ता हुनुभएको हो । ४ दिनदेखि परिवार र प्रहरी प्रशासनले खोजी जारी राखेपनि अहिलेसम्म उहाँको अवस्थाका बारेमा पत्ता लाग्न नसकेको स्थानीय गोविन्द कोइरालाले विजय एफएमलाई बताउनुभयो  । उहाँको ४ वर्षको छोरी र ढाइ महिनाको छोरो रहेका छन् । सरिता रेग्मी सुत्केरी भएर पोखरा माइतमा दुई महिना बसेर घर फर्किएको केही समय मात्र भएको थियो । बेपत्ता महिला सरिता पौडेलको खोजीका लागि परिवारले आग्रह गरको छ ।