मध्यबिन्दु बहुमुखी क्याम्पसमा २ दिने ट्रेड फेस्टिबल सुरु

२०७९ असोज ६ बिहीबार १८:४४:०० मा प्रकाशित

गैँडाकोट । मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोतिमा एम.एम.सि ट्रेड फेस्टिबल–२०२२ सुरु भएको छ । बिहिबार एक औपचारिक कार्यक्रम गर्दै मेलाको शुभारम्भ गरिएको हो । असोज  ६ र ७ गते संचालन हुने यस ट्रेड फेस्टिबलमा क्याम्पसको बि.बि.ए संकाय अन्तर्गत पाँचौ र सातौँ सेमेस्टरका विद्यार्थीहरुले स्टेशनरी, कस्मेटिक, फास्ट फुड, बेकरी, सेलरोटी, इलेक्ट्रोनिक, आइसक्रीम, खेल लगायतको १५ वटा विभिन्न किसिमका स्टलहरु राखेका छन ।

कोर्स भित्रको कुरालाइ पढाएर मात्रै नपुग्ने भएकोले प्रयोगात्मक रुपमा व्यवहारिक ज्ञान दिन र विद्यार्थीहरुलाई उद्यमशील हुन प्रेरित गर्नका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको  क्याम्पस प्रमुख गणेशमान गिरिले बताउनु भयो । त्यसैगरी यस किसिमको वास्तबिक बिजनेस अभ्यास बिद्यार्थीहरुलाई बजारका बारेमा बुझ्न, व्यवस्थापकीय क्षमता अभिवृद्धी गर्न, ग्राहकको सृजना तथा ग्राहकको सन्तुष्टि कसरी पूरा गर्ने भन्नेबारे सिक्न एवं उद्यमशीलताको बिकास कसरी गर्ने भन्ने बारे बुझ्न फाइदा पुग्ने बिबिए कार्यक्रम प्रमुख ऋषि कान्त पराजुलीले जानकारी दिनुभयो ।

यस एम.एम.सि फेस्टिबलका लागि स्टल क्याम्पसले उपलब्ध गराएको छ भने आफ्नो स्टलका लागि आवश्यक विभिन्न स्रोत र साधनको ब्यवस्था बिद्यार्थी स्वयंले गरेका छन ।