अनसनरत भारद्धाजमा स्वास्थ्य समस्या

२०७९ असोज ६ बिहीबार १०:५३:०० मा प्रकाशित

भरतपुर । नारायणी नदि किनारमा अनसनरत धार्मीक अभियान्ता प्रेमनिधि कंडेल भारद्धाजकोे स्वास्थ्य अवस्था क्रमिक रुपमा कमजोर हुदै जान थालेको छ ।

अनसनको ६ दिन सम्म आईपुग्दा स्वास्थ्यमा समस्या देखिन थालेको उनका चिकित्सक खैरहनी नगर अस्पताल प्रमुख डा प्रशान्त कंडेलले बताए । डा प्रशान्त कंडेल र डा शैरब श्रेष्ठले उनको स्वास्थ्यको नियमित निगरानी गरिरहेका छन् । सरिरमा गुल्कोजको मात्रा र सोडियमको मात्रा घटेको, युरिक एसिड बड्नका साथ साथै रगतमा उच्च जन्डिस देखिएको डा कंडेलले बताए । अनसनरत भारद्धाजलाई रिगटा लाग्ने र शारिरिक कम्जोरी सुरु भएको डा कंडेल बताउछन् । असनरत भारद्धाजलाई सलाएन चडाउनु पर्ने अवस्था देखिएको उनले बताए ।

भारद्धाजले भने आफुले उपचार लिन नमानेको उनका सहयोगी धार्मीक अभियान्ता धुर्वराज मिश्रले बताए ।  भारद्धाज यहि १ गते देखि आमरण अनसनमा बसेका छन् । 

आज सम्म उनका माग सम्बोधनका लागी सरकारी निकायले कुनै प्रकारको प्रयास गरेको छैन् । कंडेलले धर्म संस्कार र संस्कृति रक्षाका लागी मर्न तयार रहेको बताएका छन् । अनसन स्थलमा साधु सन्त माहात्मा सर्वसाधारणहरुले  सहभागिता र एकिवद्धता जनाउने क्रम बढेको छ । बाहिरी जिल्लाबाट समेत सर्वसाधारणहरु अनसन स्थलमा आएका छन् ।