राधाकृष्ण मन्दिरमा सर्वसम्मत नयाँ कार्य समिति चयन  

२०७९ भदौ १२ आइतबार ०७:००:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ५ स्थित राधाकृष्ण मन्दिर सेवा समितिको १३औँ वार्षिक साधारण सभा एवं ७औँ अधिवेशनले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । 

समितिको अध्यक्षमा पुनः खिमलाल सापकोटा, उपाध्यक्षमा मेघराज कंडेल, सचीवमा डिल्लीप्रसाद अम्बै, कोषाध्यक्षमा विनोद थापा, सह सचिवमा होमनाथ पौडेल चयन हुनुभएको छ । 
त्यस्तै सदस्यहरुमा पार्वती हुमागाई अधिकारी, टंकप्रसाद ढकाल र हरिबहादुर थापा चयन हुनुभएको निर्वाचन समितिका संयोजक विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

निर्वाचन समितिमा नवराज कंडेल र शोभाखर रिमाल सदस्य हुनुहुन्थ्यो ।