काँग्रेस नेता भट्टचनको नवलपुर १ (क) मा उम्मेद्वारी दिने आंकाक्षा 

२०७९ श्रावण २४ मंगलबार १८:०३:०० मा प्रकाशित


नवलपुर । मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय पछि राजनीतिक माहोल तात्न थालेको छ । गण्डकी प्रदेश सभा सदस्यका लागि नवलपुर १(क) बाट काँग्रेसका युवा नेता अमृत भट्टचनले उम्मेद्वारी दिने बताउनुभएको छ । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति भट्टचनले प्रदेश सदस्यका लागि इच्छुक रहेको बताउनुभयो ।

नेपाली काँग्रेस गँैडाकोट नगरसमितिले नवनियुक्त राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेललाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा भट्टचनले यस्तो बताउनुभएको हो । नेता भट्टचनले भन्नुभयो “ म प्रदेश सभा सदस्यका लागि इच्छुक रहेको छु, यस पटक अडिग रहेको छु, यदि मेरो स्थानमा अर्को कोही योग्य साथीले टिकट लिएर आउनुभएको खण्डमा भने उहाँको जीतका लागि झोला बोकेर हिंड्नेछ ।” आफ्नो इच्छा र अडानमा स्पष्ट रहेको बताउँदै भट्टचनले भन्नुभयो “ म जहाँ जे बोल्छु, स्पष्ट बोल्छु, म स्ट्रेट छु, जे छु त्यही देखिन्छु, मैलै ठाउँ अनुसारको भाषा बोल्न जानेको छैन ।”


समग्र नवलपुरको विकासका लागि युवाहरुले राजनीतिक यात्रा सुरु गर्नुपर्ने भएका कारण आफू प्रदेश निर्वाचनका लागि तयारीमा रहेको छु । यस अघि पिँधका नागरिकहरुसंग छलफल गरिसकेको हुँदा, आफू बलियो रहेको भट्टचनले बताउनुभयो । नेपाली काँग्रेसको तरुण दलमा रहेर काँग्रेसको संगठन विस्तारमा भूमिका खेलेको भट्टचनको अनुभव छ । यसका साथै नेपाल उद्योग बाणिज्य महासंघ नवलपुरको अध्यक्ष, उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य रहेर नेतृत्व दायि भूमिकामा काम गरिसक्नुभएको छ । भट्टचनले क्षेत्रीय सभापतिमा रहँदै गर्दा स्थानीय तहको निर्वाचनमा डेटेर संगठन निर्माणमा लाग्नुभएको अनुभव समेत रहेको छ ।