फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

२०७९ श्रावण २१ शनिबार १६:३०:०० मा प्रकाशित

काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक भएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। 
एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्ममा पूजा, आकाश र सोनम बाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ । सम्हालिन्छ कहिले मन तिब्बती गायक सोनमको पहिलो फिल्म हो । 
पूजा र आकाशको मुख्य भूमिका रहेको फिल्म सम्झना बिर्सना तीन हप्ताअघि प्रदर्शनमा आएको थियो। जो बक्स अफिसमा दुई हप्ता पनि टिक्न सकेको थिएन। त्यस्तै निर्देशक सुदर्शनको पछिल्लो फिल्म म यस्तो गीत गाउँछु २ हो। फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गरेको थियो।
‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ।