गैँडाकोट पम्पिङ्गले गर्यो कलष्टर ८ का उपभोक्तासँग अन्तरक्रिया

२०७९ श्रावण २० शुक्रबार १८:०७:०० मा प्रकाशित

गैंडाकोट । गैँडाकोट पम्पिङग स्किम खानेपानीले कलष्टर नम्बर ८ का उपभोक्तासँग अन्तरक्रिया गरेको छ । संस्थाले उपभोक्ताको समस्या र अपेक्षा बुझ्न प्रत्यक कलष्टरमा अन्तरक्रिया या कार्यक्रम संचालन गरेको छ । जसमध्य आज कलष्टर नम्बर ८ मा अन्तरक्रिया गरेको हो । 
अन्तरक्रिया कार्यक्रममा उपभोक्ताले लाइन गएको समयमा पानी बन्द हुने, चुनाको समस्या रहेको बताएका थिए । उभोक्ताको गुनासोलाई सम्बोधन गर्दै खानेपानीका अध्यक्ष कृष्णप्रसाद न्यौपानीले उपभोक्तको समस्या विस्तारै समाधान गर्दै जाने बताउनुभएको छ । उहाँले यसको लागि योजना बनाएर अगाडी बढ्ने बताउनुभएको छ । 
गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले खानेपानी संस्था र वडा बिच सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा कलष्टर नम्बर ८ का संयोजक कृष्ण पौडेल, संस्थाका सचिव केशवराज शर्मा, व्यवस्थापक रविन्द्र घिमीरे लगायतको उपस्थिती रहेको थियो ।