एकैदिन ८१४ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ श्रावण १७ मंगलबार १८:१३:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४सय १५ जनाको परीक्षणमा ८सय १४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ७सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ५सय ९ जना र २ हजार ६सय ५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३सय ५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २सय ९९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ४ हजार ९सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने १सय ५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा रहेका छन् । यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९सय ३८ पुगेको छ ।