बर्षातको समयमा बालबालिको संरक्षण र निगरानी बढाऔँ – नगरप्रमुख अधिकारी

गैँडाकोट । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वर्षात्को समयमा आ–आफ्नो घर वरपरका क्षेत्रमा भएका खाडलहरु पुर्न आग्रह गर्नुभएको छ । खाडलहरुमा पानी जम्ने समस्याका कारण लामखुट्टे बढी लाग्ने र लामखुट्टेको टोकाइबाट विभिन्न रोग लाग्ने भएको हुँदा बेलैमा सचेतता अपनाउन आग्रह गर्नुभएको छ ।
विजय एफएमसंग कुरा गर्दै अधिकारीले खाल्डाखुल्डीमा बालबालिका पर्न सक्ने र जोखिम पनि हुने भएकाले साना बालबालिकाहरुको संरक्षण निगरानी गरी सम्भावित जोखिम र दुर्घटनाबाट बच्नका लागि सम्पूर्ण नगरबासीमा आग्रह गर्नुभएको छ ।