नवलपुरमा एकैदिन ९ जनामा कोरोना संक्रमण 

२०७९ श्रावण १५ आइतबार १७:५३:०० मा प्रकाशित


नवलपुर । नवलपुर जिल्लामा आज एकैदिन थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय नवलपुरका अनुसार आज कावासोतीमा ६ जना, देवचुलीमा १ जना, मध्यविन्दुमा १ जना र निजि अस्पतालमा १ जनामा गरि थप ९ जनामा संक्रमण देखिएको हो । 
हाल जिल्लामा संक्रिय संक्रमितको संख्या ३० रहेको छ । जसमध्य सबैभन्दा धेरै कावासोतीमा १२ जना, देवचुलीमा ३ जना, विनयी त्रिवेणीमा ३ जना, मध्यविन्दुमा २ जना, गैँडाकोटमा एक जना र निजीमा एक जना रहेका छन् ।