बालविकासका शिक्षकको तलब आगामी दिनमा बढाउछौँ ः प्रमुख अधिकारी

२०७९ श्रावण १५ आइतबार १५:३८:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले बालविकास तहमा पढाउने शिक्षकको सेवासुविधा आगामी दिनमा बढाउने बताउनुभएको छ ।

बाल विकास संघर्ष समितिले आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्देै प्रमुख अधिकारीले अहिले तलबमा दुइहजार थप गरिएको र आगामी दिनमा अझै बढाउँदै जाने बताउनुभएको छ ।

बाल विकास शिक्षक संघर्ष समिति गैँडाकोटका अध्यक्ष हिमा पौडेलले प्रदेश र स्थानीय सरकारले नै बाल विकासका शिक्षकलाई बिर्सिएको गुनासो गर्नुभएको छ । उहाँले शिक्षकको मेहनत अनुसारको पारिश्रमीकको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।