गैँडाकोटका शिवालय मन्दिरमा बोलबम उत्सव सुरु

२०७९ श्रावण २ सोमबार १७:२३:०० मा प्रकाशित

नवलपुर। आज साउन महिनाको पहिलो सोमबार । आज गैँडाकोटका विभिन्न शिवालय मन्दिरहरुमा पनि भक्तजनको भिड लागेको छ । गैँडाकोट कोटेश्वर शिवालय मन्दिरमा यसबर्ष भक्तजनका लागि बिषेश व्यवस्था गरिएको हरिकृष्ण रिमाल जानकारी दिनुभयो । यहाँ सोमबार हरेकबर्ष भजनकृतन सहित पुर्जाअचर्ना गरिने उहाँको भनाई छ ।   
गैँडाकोट ८ स्थित कालिका मन्दिर कालिका आश्रममा आजबाट बोलओम उत्सव सुरु भएको छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि श्रावण महिनाका प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग, द्वादशज्योर्तिलिङ्ग, एकादश रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पणगरी रुद्राभिषेक अनुष्ठानपूर्वक विशिष्ट विद्वान विदुषीहरुबाट संगीतमय कथा प्रवचन सहित बोलबम महोत्सव सुरु भएको आश्रमका अध्यक्ष धनप्रसाद सापकोटाले जानकारी दिनुभयो । 
त्यस्तै गैँडाकोट ७ स्थित श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रममा साउने सोमबार विशेष पूजन कार्यक्रम सुरु भएको छ । श्रावनका हरेक सोमबार विशेष पूजन कार्यक्रम हुने मन्दिरका अध्यक्ष जीवनाथ कंडेलले जानकारी दिनुभयो । 
गैँडाकोट ६ मा रहेको महादेव भ¥याङ शिवालय मन्दिरमा आजबाट बोलओम महोत्सव सुरु भएको छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि श्रावण महिनाका प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग, शिव भगवानको पुजा आराधना सहित बोलबम महोत्सव सुरु भएको महादेव भ¥याङ शिवालय मन्दिरका सचिव देवबहादुर गुरुङले जानकारी दिनुभयो । सोमबारको अवसरमा पारेर सोहि मन्दिरमा लियो क्लव अफ गैँडाकोट मौलाकालिकाले भक्तजनलाइृ सर्वत पानीको व्यवस्था गरेको थियो । बिभिन्न सामाजिक काम गर्दै आएको क्लवले गैँडाकोटका बिभिन्न मन्दिरमा प्रत्येक सोमबार सर्वत पानीको व्यवस्था गर्ने अध्यक्ष सरोज कँडेलले जानकारी दिनुभयो ।  
हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु  र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।  साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।