गैँडाकोट ८ को भानुपार्कमा कविता वाचन

२०७९ असार २९ बुधबार १६:११:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ८ स्थित भानुपार्कमा २०९औँ भानुजयन्ती साहित्य विमर्श र कविता वाचन समारोह सम्पन्न भएको छ ।

आदिकवि भानुभक्त आचार्य उद्यान निर्माण उपभोक्ता समिति गैँडाकोट ८ को आयोजनामा भएको कार्यक्रममा सहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी, उप प्रमुख शान्ती कोईराला, वडा सदस्यहरु शुसिला परियार, कमला आचार्य, वरिष्ठ साहित्यकार एवं कविवर गोविन्दराज विनोदी, त्रिवेणी साहित्य प्रतिष्ठानका कार्यबाहक अध्यक्ष भिमप्रसाद शर्मा, साहित्यकारहरु मुना धनन्जय, उदयनाथ रेग्मी, टंकराज ढकाल, रामहरी शर्मा, गोविन्द कोईराला, धर्मानन्द पौडेल, करुणासागर सुवेदी, कृष्ण सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

आदिकवि भानुभक्त आचार्य उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सचिव तारानाथ सुवेदीले सहजिकरण गर्नुभएको थियो ।