सानीमा रिलायन्स लाइफ इन्स्योरेन्समा स्टार एजेन्सी मिट २०८३ सम्पन्न
चितवन, १७ असाेज । सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा स्टार एजेन्सी मिट २०८३ सम्पन्न भएको छ । एजेन्सी म्यानेजरहरुको क्षमता विकास एवं उत्कृष्ट कार्य गर्ने बिमा अभिकर्ता एवं एजेन्सी म्यानेजरहरुकाे सम्मानका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाको धारणा रहेको छ । नारायणी क्षेत्रीय कार्यालय क्षेत्र भित्र पर्ने हेटौंडा देखि कावासोती सम्मका शाखा अन्तरगतका एजेन्सी म्यानेजर एवं बिमा अभिकर्ताहरुको सहभागिता रहेको थियो।
DCEO निराजन कंडेलले हामी हाम्रो पेशा प्रति प्रतिबद्ध भएर कार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले अभिकर्ताले समाजको नजरमा असल व्यक्तित्वको विकास गर्दै आफ्नो व्यापारलाई बृद्धि गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा CBO सूर्यप्रकाश गुप्ताले सानिमाले जारी गरेका बिमा योजनाका बारेमा जानकारी दिनुभएको थियो । साथै बिमा अभिकर्ताले बिमाका लागि बिमितसँग गनुपर्ने व्यवहारका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै उहाँले बिमा अभिकर्ताले झुटो कुरा बिमितसँग नगरी कम्पनीका यथार्थपरक कुरा मात्र संचार गर्न अनुरोध गर्नुभयो।
सो अवसरमा स्वागत मन्तव्य राख्दै रिजनल म्यानेजर मदनबहादुर गाहाले सानिमा रिलायन्स लाइभ इन्स्योरेन्स उत्कृष्ट इन्स्योरेन्स कम्पनीको रुपमा विकास गर्न हाम्रा अभिकर्ताहरुको महत्वपूर्ण योगदान रहने कुरा बताउनुभयो ।
सो अवसरमा अन्तरराष्ट्रिय उत्प्रेरक सौरभ लोहनीले आफ्नो पेशा प्रति प्रतिबद्ध जवाफदेही बनाउनका लागि सकारात्मक उर्जा भर्नुभएको थियो । सबै भन्दा जीवनमा सफल रहन लक्ष्य र कर्ममा विश्वास गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।
सो अवसरमा सानीमा रिलायन्स इन्स्योरेन्सको अभिकर्ता एवं एजेन्सी रहेर उत्कृष्ट सेवा गर्नुहुने एजेन्सी म्यानेजर अभिकर्ताहरुलाई विभिन्न अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रमकाे सहजीकरण नारायणगढ क्षेत्रीय म्यानेजर इशा प्रधानले गर्नुभएकाे थियाे ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नागरिकको जीवन तथा आर्थिक भविष्यलाई सुरक्षित बनाउने उद्देश्यले विभिन्न प्रकारका जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले ग्राहकको आवश्यकता, उमेर, आर्थिक अवस्था तथा भविष्यको योजना अनुसार जीवन बीमाका विभिन्न विकल्प प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीका बीमा योजना मार्फत जीवन जोखिमको आर्थिक सुरक्षा, बचत तथा भविष्यमा आवश्यक पर्ने रकमको व्यवस्थापन गर्न सकिने व्यवस्था रहेको छ। बीमितको मृत्यु भएमा तोकिएका सर्तअनुसार बीमाङ्क रकम तथा सम्बन्धित लाभ उपलब्ध गराउने र बीमा अवधि पूरा भएपछि योजना अनुसार रकम भुक्तानी गर्ने व्यवस्था बीमा योजनामा हुन्छ। यसरी सानीमाले आफ्ना बीमा याेजना अनुसारका कार्यहरु गर्दै आएकाे जनाएकाे छ ।
त्यस्तै, कम्पनीले बालबालिकाको भविष्य, शिक्षा, परिवारको आर्थिक सुरक्षा, दीर्घकालीन बचत तथा जीवन जोखिम व्यवस्थापनलाई लक्षित गरी विभिन्न बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ।
सानीम रिलायन्स इन्स्योरेन्सले सुखमय जीवन योजना,मेरो मुटु जीवन बिमा योजना, मेरो मुटु जीवन बिमा योजना एकल, सीमित भुक्तानी सावधिक जीवन बीमा योजना,धनपती जीवन बीमालेख, धनपति अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख जस्ता उत्कृष्ट जीबन बिमा योजनाहरु प्रस्तुत गरेको छ ।
