महाधिवेशन अन्तर्गत कुन कुन पदमा को को विजयी बने ?
नवलपरासी पूर्व । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नवलपरासी पूर्व क्षेत्र नं. १, प्रदेश १(१), प्रदेश १(२) र महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन सकिएको छ ।
महाधिवेशन प्रतिनिधिमा को को विजयी भए ?
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको प्रतिनिधिका लागि नवलपरासी पूर्व क्षेत्र नं. १ बाट ३४ जना निर्वाचित भएका छन् । मतदान प्रक्रियाबाट १७ जना र ७ जना निर्विरोध चयन भएका छन् । प्रत्यक्ष महिला तर्फ ओमकला गौतम, शान्ति कोइराला, शान्ति न्यौपाने र संगिता काफ्ले घिमिरे निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधि खुला तर्फ अमृत भट्चन सर्वाधिक मत सहित चयन हुनुभएको छ । उहाँले १००५ मत प्राप्त गर्नुभएको थियो । महाधिवेशन प्रतिनिधिमा गजेन्द्रबहादुर आले, बालकृष्ण घिमिरे, मदनभक्त अधिकारी, महेन्द्रध्वज जि.सी, कमलप्रसाद पराजुली, होमराज रानाभाट, गणेश सापकोटा, महेन्द्रप्रसाद पोख्रेल र द्रोणवन सन्यासी चयन भएका छन् ।
श्रमिक पदमा दिपक खड्का, पेशागत विष विज्ञ तर्फ डा. भूमिराज चापागाईं, युवा महिला तर्फ डा. कला पन्त, युवा पुरुष तर्फ कुशल सापकोटा, इन्जिनियर चेतराज कंडेल सुजन, अपाङ्गता तर्फ प्रताप कोइराला, दलित तर्फ रत्नमाया विश्वकर्मा, जनजाति पुरुष तर्फ तिलबहादुर चितौरे मगर, ओमकुमार श्रेष्ठ, खस आर्य महिला तर्फ सरस्वती तिमिल्सिना र शान्ति तिवारी निर्वाचित हुनुभएको छ ।
खस आर्य पुरुष तर्फ तारापति खरेल र रामचन्द्र भट्राई (आर.सी) निर्वाचित हुनुभएको छ । प्रजातन्त्र सेनानी तर्फ हरिराज गौतम, समानुपातिक मधेशी पदमा जितेन्द्र शाह, थारु तर्फ टेकनारायण महत्तो, मुस्लिम तर्फ इसलामुदिन मिया, समानुपातिक दलित तर्फ प्रकाश परियार, आदिवासी जनजाति महिला तर्फ लिला राना र हुमिसरा आले यस अघि नै निर्विरोध निर्वाचित हनुभएको थियो ।
क्षेत्रीय समिति तर्फ को को कुन कुन पदमा विजयी भएका छन् ।
सभापतिमा हेमप्रसाद पाण्डे
सचिवमा तेजप्रसाद घिमिरे
सहसचिवमा निर्मला पाण्डे कंडेल
सहसचिवमा गुरुदत्त सुवेदी च्वाईं र परमेश आचार्यको मत बराबरी आएको छ । यसमा विधान अनुसार पछि निर्णय गरिने निर्वाचन अधिकृतले बताउनुभएको छ ।
महिला सदस्यमा सरस्वती लम्साल कंडेल निर्विरोध चयन
खुला सदस्य प्रदेश सभा १(क) बाट हरिप्रसाद गौतम र कमल सापकोटा निर्वाचित
खुला सदस्य प्रदेश सभा १(ख) बाट बसन्त पोख्रेल र राजकृष्ण खाती निर्विरोध चयन
युवा खुला सदस्यमा सागर शर्मा निर्विरोध
खुला सदस्यमा कान्तबहादुर खण्डलुक मगर, सिताराम रिजाल, रामप्रसाद रिजाल निर्विरोध चयन
दलित सदस्यमा कमला सुनार निर्विरोध
आदिबासी जनजातिमा प्रिर्थ बहादुर राना निर्वाचित
खस आर्य सदस्यमा अनिल बस्ताकोटी, नारायण सापकोटा निर्विरोध
थारु सदस्यमा मानबहादुर थारु निर्विरोध हुनुभएको छ ।
प्रदेश सभा १(क) मा को को विजयी बने ?
नेपाली काँग्रेस नवलपरासी पूर्व क्षेत्र नं. १ (क) को सभापतिमा रोशन भक्त अधिकारी विजयी हुनुभएको छ ।
यसैगरी उपसभापति यदुनाथ सापकोटा विजयी हुनुभएको छ ।
सचिवमा मणिकण्ठ कंडेल, सहसचिवमा नारायण घिमिरे र धनेश्वरी ढकाल कोइराला यसअघि नै निर्विरोध चयन भइसक्नुभएको थियो ।
महिला सदस्यमा देउमाया डिस्वा र सुनिता थापा, युवामा गोविन्द बगाले, खुला सदस्यमा ठाकुर सापकोटा, दलित सदस्यमा प्रेमकुमारी विक, आदिवासी जनजातिमा सागर भट्चन, खस आर्य सदस्यमा ताराकुमारी कार्की, राजेन्द्रप्रसाद गौडेल, बालकृष्ण चापागाईं निर्विरोध चयन हुनुभएको छ ।
प्रत्यक्ष महिला सदस्य पदमा धनकुमारी खड्का र शारदा देवी ढकाल निर्विरोध चयन हुनुभएको छ ।
प्रदेश अधिवेशन खुला तर्फ निर्वाचन भएको थियो । प्रदेश प्रतिनिधिहरुमा दिनुराम सापकोटा, हरि पौडेल, कृष्णप्रसाद खनाल, लुकुस धिताल, गोविन्दप्रसाद शर्मा, नारायण पौडेल, लक्ष्मी चालिसे र विजय श्रेष्ठ विजयी हुनुभएको छ ।
विज्ञ तर्फ करुणाकर पौडेल, युवा महिलामा आशिका कोइराला निर्विरोध हुनुभएको छ ।
प्रदेश अधिवेशन प्रतिनिधि युवा पुरुष तर्फ इन्जिनियर निशान्त शर्मा चापागाईं निर्वाचित हुनुभएको छ ।
प्रदेश अधिवेशन श्रमिक तर्फ मिन बहादुर अधिकारी
प्रजातन्त्र सेनानी/सहित परिवार÷द्वन्द प्रभावित तर्फ सोमप्रसाद काफ्ले चयन हुनुभएको छ ।
प्रदेश अधिवेशन प्रतिनिधि दलित तर्फ सकिला छिनाल (परियार) निर्विरोध चयन
अल्पसंख्यक तर्फ शिवलाल कुमाल निर्विरोध चयन
समानुपातिक तर्फ आदिवासी जनजाति खगेन्द्र आले, सीता श्रेष्ठ निर्विरोध चयन
खस आर्य तर्फ कुलनाथ कंडेल, गोविन्दप्रसाद न्यौपाने र लक्ष्मीप्रसाद कंडेल निर्विरोध चयन हुनुभएको छ ।
प्रदेश सभा १(ख) मा को को विजयी बने ?
नेपाली काँग्रेस नवलपरासी पूर्व क्षेत्र नं. १ (क) को सभापतिमा रोशन भक्त अधिकारी विजयी हुनुभएको छ ।
उपसभापतिमा नन्दलाल रिजाल निर्विरोध
सचिव उमाकान्त भूषाल निर्वाचित
सहसचिवमा माया सुवेदी र रिम प्रसाद आचार्य निर्विरोध चयन
यसैगरी समितिमा निर्विरोध हुनेहरु
महिला सदस्य गिता ज्ञवाली र पवित्रा खड्का क्षेत्री
खुला सदस्यमा गिता पौडेल कोइराला, गिता रेग्मी गौतम, हरिमाया आचार्य
आदिवासी जनजाति तर्फ खगिसर गुरुङ
खस आर्य कोपिला भूषाल
समानुपाति थारु तर्फ गंगादेवी महत्तो थारु
प्रत्यक्ष महिला तर्फ शारदा देवी पौडेल र यमकला बस्याल निर्विरोध चयन हुनुभएको थियो ।
यस्तै प्रदेश अधिवेशन प्रतिनिधि खुला तर्फ लोकप्रसाद भूर्तेल, धर्मराज बस्याल, आनन्द गुरुङ, श्याम बस्ताकोटी, शिवप्रसाद पाण्डे, विष्णुप्रसाद पोख्रेल, देवेन्द्रप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।
यसैगरी पेशागत विज्ञ प्रतिनिधि तर्फ डम्बर नारायण श्रेष्ठ, युवा तर्फ बेट्टु रानाभाट, अपांगता तर्फ इश्वर पराजुली, श्रमिक तर्फ पवन भूर्तेल, प्रजातन्त्र सेनानी तर्फ यदुराज शर्मा वाग्ले, अल्पसंख्यक तर्फ रितु कुमाल, दलित तर्फ खेमबहादुर सुनार, आदिवासी जनजाति तर्फ जगतबहादुर थापा मगर, खसआर्य महिला तर्फ खिना कुमारी न्यौपाने थारु तर्फ मिरा महत्तो थनेत निर्विरोध चयन हनुभएको छ ।
खस आर्य पुरुष तर्फ बलिराम सापकोटा निर्वाचित हुनुभएको छ ।