फोहोर व्यवस्थापन महानगरको प्राथमिकता हुनेछ ः मेयर रेनु दाहाल

२०७९ जेठ २६ बिहीबार १९:२५:०० मा प्रकाशित


चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । विश्व वातावरण दिवस–२०२२ को अवसरमा आज भरतपुर महानगरपालिकाले गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्राथमिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यीकरण गरी महानगरलाई सुन्दर महानगर बनाउने अभियानका साथ अगाडि बढेको बताउनुभयो । कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरका टोल विकास संस्थामार्फत महानगरको सरसफाइमा अघि बढ्ने बताउनुभयो ।