नेपाली काँग्रेस गैँडाकोट ५ को वडा बैठक, घोषणापत्रअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह 

२०७९ जेठ १२ बिहीबार १९:००:०० मा प्रकाशित

गैँडाकोट
नेपाली काँग्रेस गैँडाकोट ५ को वडा बैठकले बिभिन्न बिषयमा छलफल गरेको छ । निर्वाचनको समिक्षा र अव गर्नुृपर्ने कार्यका बिषयमा आज वडा बैठकमा छलफल भएको गैँडाकोट ५ का वडा सभापति लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।  छलफलमा नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्यहरुलाई सफल कार्यकालको शुभकामना र बधाई दिदै घोषणापत्र अनुसार शिक्षा, स्वास्थ्य र खेल क्षेत्रहरुको विकासको काम गर्न आग्रह गरिएको कार्कीले बताउनुभयो । उहाँले घोषणापत्रमा भएका काम गर्न बेला बेलामा सजग गराउने पनि बताउनुभयो ।  त्यसैगरी वन, विद्यालय, खानेपानी  लगायतका संघसंस्थाहरु संग र वडाको विकासका लागि विज्ञ टोलीसंग वैठक बस्ने निर्णय गरिएको छ । बैठकमा वडाको कर सम्बन्धमा, नारायणी तटबन्धन र वडाको विकासका लागि विज्ञटोलीसँग छलफल गर्ने निर्णय गरिएको वडा सभापति कार्कीले बताउनुभयो । वडा कार्यसमितिका पदाधिकारीहरु र सम्मानित सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रम कांग्रेस सभापति लक्ष्मण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।