निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, निर्वाचनमा इलेक्ट्रिक भोटिङको आवश्यकता (प्रेस विज्ञप्ती)

२०७९ जेठ १२ बिहीबार १६:१९:०० मा प्रकाशित

नवलपुर । २०७९ साल बैशाख ३० गते भएको निर्वाचन र मतगणना शान्तिपूर्ण सम्पन्न भएको पर्यवेक्षक संस्थाहरुले बताएका छन् ।  नवलपुर, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तुमा मतगणना शान्तिपूर्ण रुपमा सम्पन्न भएको विभिन्न संस्थाहरुले बताएका छन् । विजय विकास स्रोत केन्द्र, माहुरी होम, सयपत्री समाज, पाल्पा विकास केन्द्र, चाँदनी नेपालको पर्यवेक्षणको प्रेस विज्ञप्तीमा निर्वाचन शान्तिपूर्ण र मतगणना छिटो गर्नका लागि निर्वाचनमा इलेक्ट्रिक भोटिङमा जानुपर्ने आवश्यकता देखिएको बताएका छन् ।